राजनीति

प्रचण्डले बोलाउँदा ओली गएनन्, सिंहदरबारबाटै राजीनामा दिने

प्रचण्डले बोलाउँदा ओली गएनन्, सिंहदरबारबाटै राजीनामा दिने


जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाललले आज विहान बोलाएको तीन दल बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

संसद खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित भएपछि सफल हुन सकेन । सरकारले सोमबार स्थानीय तहको संख्या बढाएको भन्दै असन्तुष्ट बनेको विपक्षी दल एमालेका कारण हिजो बोलार्ईएको संसद बैठक अवरुद्ध भएको थियो । जसका कारण प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि हुन सकेन् ।

संसदलाई सम्बोधन गर्दै प्रचण्डले राजीनामा दिने कार्यसुची रहेका कारण हिजोको बैठक पटक पटक स्थगित गरिएको थियो । आज विहान ११ बजे बोलाईको बैठक अघि शीर्ष दलको सहमती जुट्न नसक्दा भोली दिउंसो ४ बजे सम्मका लागि बैठक स्थागित गरिएको संसद सचिवालयले जनाएको छ ।

Oli Prachanda

विशेष