राजनीति

राजपा सप्तरी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने

राजपा सप्तरी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने

जेठ ३१ गते हुन लागेको  दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सप्तरीले सहभागीता नजनाउने भएको छ । सदरमुकाम राजबिराजमा बुधबार बसेको बैठकले अासन्न स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । 

मधेसको माग सम्बोधन गर्न संविधान संशोधनको आवश्यकता औल्याउँदै राजपा सप्तरीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी संशोधन विना मधेसमा चुनाव हुन नसक्ने जनाएको छ । 'अहिलेको सरकारले मधेसी समुदायको माग सम्बोधनबीना नै गैरकानुनी ढंगले स्थानीय तहको दोस्रो चरणको चुनाव गर्न लागेको छ' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'हामीले उठाउँदै अाएका जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, स्थानीय तहको निर्धारण, प्रदेश सीमांकन र नामांकन, नागरिकता, समावेशी समानुपातिक सहितका कुनै पनि माग सम्बोधन हुन सकेको छैन ।'

विशेष