राजनीति

आज पनि बस्न सकेन संसद बैठक, प्रधानमन्त्रीले सिंहदरबारबाटै ४ बजे देशवासीका नाममा सम्बोधन गर्ने

आज पनि बस्न सकेन संसद बैठक, प्रधानमन्त्रीले सिंहदरबारबाटै ४ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार (आज) देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने भएका छन । मंगलबार संसदमा सम्बोधन गरी राजीनामा दिने प्रधानमन्त्रीको कार्यक्रम रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरुद्धका कारण स्थगित भएको थियो ।

बिना सहमती सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै एमालेले संसद चल्न नदिने बताएपछि आजको बैठक पनी स्थगित भएको छ । संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।

प्रधनमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सम्बोधन अपराह्न ४ बजे हुनेछ । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड बानेश्वरबाट सिंहदरबार प्रस्थान गरिसकेका छन् । दलहरुबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

मंगलबार बस्न नसकेको संसद बैठक बुधबार पनि बस्न नसकेपछि प्रधानमन्त्रीले सिंहदरबारबाटै सम्बोधन गर्ने भएका हुन् । संसद बैठक बिहीबार अपरान्ह ४ बजेसम्मलाई स्थगित भएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यतालिका छ ।

विशेष