राजनीति

प्रधानमन्त्री प्रचण्डले यसरी देखाए राजनीतिक इमान्दारिता

प्रधानमन्त्री प्रचण्डले यसरी देखाए राजनीतिक इमान्दारिता

काठमाडौँः प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनैनिक इमान्दारिता देखाएका छन् । इमान्दारिताका साथ नेतृत्व समाल्नु पूर्व भएको सहमतिलाई कार्यन्वयन गरी सत्ता साझेदार दल नेपाली काँग्रेसलाई नेतृत्व हस्तान्त्रण गर्न प्रधानमन्त्री दाहालले बुधबार देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषण गरेका हुन् ।

यो भन्दा पहिला भएका कतिपय भद्र सहमति कार्यन्वयनमा आउने सकेका थिएनन् । पूर्व प्रधानमन्त्री सुशिल कोइरालाले पनि नेकपा एमालेसँग भद्र सहमति गरी नेतृत्व हस्तान्त्रण गर्ने प्रतिवधता तोडेका थिए । त्यसैगरी पूर्व प्रधानमन्त्री ओलीले पनि दाहाललाई नेतृत्व हस्तान्त्रण गर्ने सहमति तोडेपछि दाहालले नेपाली काँग्रेससँग सत्ता साझेदारी गरेका थिए ।

तर, दाहालले इमान्दारिता देखाउँदै पूर्व सहमति अनुसार नेतृत्व हस्तान्त्रण गर्न सहमत भए । उनले सम्बन्धनको अन्त्यमा नैतिकताको खडेरीको अन्त्यका लागि भन्दै प्रधानमन्त्री राजीनामा दिएको बताए । प्रधानमन्त्री दाहालले राजनीतिक इमान्दारिता बिना देशको उन्नति हुन नसक्ने जिकिर गरे ।

उनले नेपालको राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति रहेको बताउँदै सम्बोधनका क्रममा भने, ‘इमानदार भएर भन्नुपर्दा हामी सबै कुनै न कुनै रुपमा त्यो संस्कृतिका शिकार छौं, दलहरु र नेताहरु बीचमा पटकपटक भएका लिखित र अलिखित सहमतिहरु रातारात च्यातिएका थुप्रै उदाहरण छन् ।’

सत्ता साझेदारीका हकमा अहिलेसम्म कहिल्यै कुनै सहमति राम्रोसँग पालना भएको जिकिर गर्दै कसैको कसैप्रति कुनै भरोसा नहुने र हरेकले हरेकलाई उपयोग मात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत हुन नदिनेसमेत बताए । ‘वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन’ उनले भने ।

उनले आफूले राजीनामा नगरोस् भनी प्रतिपक्षीले समेत गरिरहेको आग्रहलाई धन्याद दिँदै भने, ’दोस्रो चरणको निर्वाचन पनि यही सरकारले गराओेस् भन्ने सिंगो देश र प्रतिपक्षीसमेतको सदिक्षाप्रति म आभारी छु । तर, मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु ।’

सहमतीबीना सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै नेकपा एमालेले संसद चल्न नदिने बताएपछि बुधबारको बैठक स्थगित हुनुका साथै प्रधानमन्त्रीको सम्बोधन प्रभावित बनेकाे थियो । संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गरी राजीनामा दिएका हुन् ।

puspa kamal dahal prachanda

विशेष