रोजगार

प्रहरी जवान (प्राविधिक) पदका उम्मेदवारको सम्पर्क मिति स्थगन

प्रहरी जवान (प्राविधिक) पदका उम्मेदवारको सम्पर्क मिति स्थगन

काठमाडाैँः प्रहरी जवान (प्राविधिक) पदको उम्मेदवारको सम्पर्क मिति स्थगन भएको छ । गत वर्ष माघ २० गते प्रकाशित विज्ञापन र सोही वर्ष चैत्र १ गते म्याद थपसम्बन्धी प्रकाशित विज्ञापन अनुसार परेको उम्मेदवारहरुको सम्पर्क मिति स्थगित भएको हो ।

प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभाग, भर्ना तथा छनौट शाखा नक्सालले बुधबार एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो । शाखाले सो पदका उम्मेदवारको सम्पर्क मिति जेठ १० गतेलाई तोकेको थियो । अर्को सूचना प्रकाशिन नभएसम्मलाई दरखास्त दिएको उम्मेदवारको सम्पर्क मिति स्थगत गरिएको शाखाले बताएको छ ।


विशेष