राजनीति

ललितपुरमा चिरीबाबु, को हुन् चिरीबाबु

ललितपुरमा चिरीबाबु, को हुन् चिरीबाबु


जेठ १० । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् । महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वा्चित भएका हुन् ।

मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाए ।

यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् । उपमेयर निर्वाचित गीता सत्यालको पक्षमा १९ हजार ८१९ मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे । ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ ।

 

Chiribabu Maharjan

विशेष