राजनीति

आज के होला संसदमा ! संसद अवरुद्ध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने मुडमा दाहाल

आज के होला संसदमा ! संसद अवरुद्ध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने मुडमा दाहाल

जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारको संसद् बैठक अवरोध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने योजना बनाएका छन् ।

‘सदनलाई जानकारी गराएर सम्बोधनसहित राजीनामा प्रधानमन्त्रीको पहिलो विकल्प हो, तर त्यसो नभए मिडियासमक्ष आफ्ना भनाइ राखेर राजीनामा दिनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले भने ।

स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिए एमालेले बुधबारको संसद् बैठक अवरोध गर्ने तयारी गरेको छ । ‘हामीले प्रस्ट भनेका छौँ, संख्या थप्ने निर्णय फिर्ता लिनुस्, अवरोध गर्दैनौँ,’ एमाले नेता सुवास नेम्वाङले भने ।

कांग्रेसले बुधबार संसदमा प्रक्रिया अघि बढ्ने जनाएको छ । ‘प्रधानमन्त्रीले राजीनामा दिने वचनबद्धता गरिसक्नुभएको छ । अब संसदमा बुधबार प्रक्रिया अघि बढ्छ,’ कांग्रेस नेता डा। रामशरण महतले भने ।

नयाँ पत्रिका

विशेष