यी मन्त्रीका कारण बेइजिङमा नेपालकै बेइज्जत
जेठ–१० । एक माओवादी मन्त्रीको अशिष्ट व्यवहारले चीन सरकारलाई अप्ठ्यारोमा मात्र पारेन, नेपाल बद्नाम हुनेसम्मको स्थिति बन्यो । प्राप्त समाचारअनुशार चीनको राजधानी बेइजिङमा आयोजित ‘ओविओआर’ समितमा भाग लिन पुगेका मन्त्रीहरु कृष्णबहादुर महरा, रमेश लेखक र सुरेन्द्र कार्की उर्फ राम कार्की मध्ये कार्कीको व्यवहारका कारण नेपालको बेइज्जत हुने स्थिति बनेको हो ।
मे १४ देखि १६ सम्म भएको समिटमा भाग लिन नेपालबाट मन्त्रीहरु १३ तारिखमा बेइजिङ पुगेका थिए । १६ तारिखसम्म अतिथिहरुका लागि खाने बस्ने उचित प्रबन्ध गरेको चीन सरकार त्यसबेला सकसमा पर्यो जब राम कार्कीले बेइजिङ घुमाई पुगेन भन्दै थप दुई दिन त्यही बिताउने इच्छा गरे । चिनियाहरु अतिथी सत्कारमा विश्वमै उदाहरणीय मानिन्छन् । तर अतिथी नै अभद्र निस्किए भने उनीहरुलाई अप्ठ्यारो पर्दो रहेछ ।
चीन सरकारको तर्फबाट सम्पर्क अधिकृत रहेका व्यक्तिसमक्ष मन्त्री कार्कीले आफ्नो इच्छा जाहेर गर्दा ती अधिकृत चकित परेका थिए । उनले माथिल्लो निकायसम्म मन्त्रीको इच्छाबारे जानकारी त गराए तर थप दुई दिनको खर्च व्यहोर्न चीन सरकार तयार भएन ।
– घटना र बिचार साप्ताहिकबाट