देउवाविरुद्ध कांग्रेसमा विद्रोहको तयारी
जेठ–१० । गत र्गा कांग्रेसको सभापति बनेपछि सर्बशक्तिमान झै देखिनु हुने शेरबहादुर देउवा यति बेला कमजोर र चौतर्फी असन्तुष्टिको घेराबन्दीमा परेको देखिँदैछ । केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिएको र सबैलाई समेटेर अघि बढ्न नखाजेको भन्ने आरोपको सामना गरिरहेका देउवाका आलोचकहरुले अब अनेकौं मुद्दा अघि सारेर उनीमाथि प्रहार गर्ने तयारी गरेका छन् । देउवाको सोच र कार्यशैलीप्रति असहमति जनाउनेहरुको संख्या कांग्रेसभित्र दिन प्रतिदिन बढ्दै गएको छ ।
आफ्नै खेमाका विमलेन्द्र निधि अब पहिलेको झै देउवाको एस म्यान अब रहेनन् । नेताहरु खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, गगन थापा, कृष्ण सिटौला र अर्जुन नरसिंह केसी लगायतले पनि उपयुक्त समयमा देउवालाई तह लगाउने सोच बनाएको बुझिन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कोइराला परिवारका नेता सदस्यहरु देउवालाई साइजमा ल्याउन उपयुक्त समयको प्रतीक्षामा छन् । निर्वाचनको सयम परेको कारण यतिबेला देउवाप्रतिको असन्तुष्टि नेताहरुले जानजान सार्वजनिक नगरेका हुन् । दोस्रो चरणको निर्वाचनलगत्तै देउवामाथि पार्टी सभापति र संसदीय दलको नेतामध्ये एक पद छाड्न बलियो दबाब दिने तयारी भइरहेको कांग्रेसभित्र चर्चा छ ।
– घटना र बिचार साप्ताहिकबाट