राजनीति

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी, सहमति जुटाउने प्रयास गर्दै

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी, सहमति जुटाउने प्रयास गर्दै

जेठ १० । सरकाले स्थानिय तहको संख्या थप गरेसंगै असन्तुष्ट बनेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा अवरोध गर्ने चेतावनी दिएको थियो । संसद बैठक प्रभावित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने कार्यतालिका पनि प्रभावित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विशेष सम्बोधन गरी राजीनामा दिने कार्यक्रम रहेको थियो । चारपटक सारिएको बैठक अन्नत आज विहान ११ बजे बस्ने गरि स्थगित भएको थियो ।

संसद खुलाउने बारेमा अहिले तीन दलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसिरहेको छ प्रधानमन्त्री सचिवालयले जनाएको छ । हिजो सभामुख ओनसरी घर्तीको पहलमा तीनदल बिच सहमति जुटाउने प्रयास गरे पनि सफल भएको थिएन । 

Sirsa Neta Baithak

विशेष