राजनीति

स्थानीय तहको पहिलो निर्वाचनमा कुन पार्टीले कति सिट जिते (सूचीसहित)

स्थानीय तहको पहिलो निर्वाचनमा कुन पार्टीले कति सिट जिते (सूचीसहित)


जेठ १० । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेले १ सय २० स्थानमा विजयी बन्दै पहिलो पार्टी बनेको छ ।

एमालेले ४६ नगरपालिका र ७४ गाँउपालिकामा विजय हासिल गरेकहो । नेपाली कांग्रेसले १ महानगर २९ नगरपालिका र ७४ गाँउपालिका सहित १ सय ४ स्थानमा विजयी भएको हो ।

तेस्रो ठुलो दल माओवादी केन्द्रले ९ नगरपालिका र ३७ गाँउपालिका प्रमुखमा विजयी हुँदै ४६ स्थानमा आफ्नो कब्जा जमाएको छ । त्यस्तै संसदको चौथो ठूलो दल राप्रपा नेपालले एक गाँउपालिका जित्दा डा. बाबुराम भट्टराईको नयाँशक्ति नेपालले १ स्थानमाविजयी भयो ।

राष्ट्रिय जनमोर्चा नेपालले एक स्थानमा विजय हासिल गर्यो भने एक स्थानमा मजदुर किसान पार्टीले एक नगरपालिकामा कब्जा जमायो । त्यस्तै स्वतन्त्रले तीन गाँउपालिका प्रमुखमा जीत दर्ता गराए ।

स्थानीय तहको निर्वाचन

विशेष