राजनीति

दोलखाको मेलुङमा एमालेको कब्जा

दोलखाको मेलुङमा एमालेको कब्जा

जेष्ठ ११ । दोलखाको मेलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वटा वडाहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

अहिले भर्खरै सम्पन्न मतगणनाअनुसार एमालेका नरबहादुर श्रेष्ठले कांग्रेसका बर्मा लामालाई ८६ मतले पछाडी पार्दै विजय हासिल गरेका हुन् । उपाध्यक्ष पदमा एमालेकै कल्पना भण्डारीले भन्दा माओवादी केन्द्रका कृष्ण कार्कीलाई ६०० मत बढि ल्याएर विजयी भएकी छन् ।

गत बैशाख ३१ गते उक्त पालिकाको वडा नं. १ स्थित पवटी केन्द्रमा प्रहरीको गोली लागेर एक एमाले कार्यकर्ताको निधन भएपछि मतदान स्थगित भएको थियो । जेठ ७ गेत निर्वाचन भएपछि मतगणना सुरु भएको थियो ।

उक्त पालिकाको वडा नं. १, २, ३ र ७ मा एमाले, र ६ मा कांगेस र ५ माओवादी केन्द्रका वडा अध्यक्ष जितेको छ । त्यहाँ कांग्रेस माओवादी केन्द्रको गठबन्धन थियो ।

UML Melung

विशेष