राजनीति

राजनीतिमा सक्रिय भण्डारी परिवार, विद्यादेवीकी देवरानी उपमेयर उम्मेदवार

राजनीतिमा सक्रिय भण्डारी परिवार, विद्यादेवीकी देवरानी उपमेयर उम्मेदवार

मोरङ : राष्ट्रपति विद्यादेवी भण्डारीकी देवरानी लक्ष्मी भण्डारी उपमेयरको उममेदवारीसहित चुनावमा होमिएकी छिन् । उनी नेकपा एमालेकोतर्फबाट उर्लाबारी नगरपालीकाको उपमेयरको उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएकी हुन् ।

उर्लाबारी–७ बाट नेकपा एमाले मोरङ जिल्ला सदस्यसमेत रहेकी लक्ष्मी जननेता मदनभण्डारीका साहिलाभाइ मोहन भण्डारीकी पत्नी हुन् । उर्लाबारी क्षेत्रको सामाजिक कार्यकर्तासमेत रहेकी लक्ष्मीलाई एमालेले उपमेयरको उम्मेदवार बनाएको छ भने भूपाल सिंह जिमीलाई मेयरको उम्मेदवार बनाएको छ ।

मोरङ राष्ट्रपति विद्यादेवी भण्डारी लक्ष्मी भण्डारी

विशेष