राजनीति भिडियो

रन्जुले चलाउने छिन् सेवक सरकार, यस्तो छ योजना (भिडियोसहित)

सागर बुढाथोकी

रन्जुले चलाउने छिन् सेवक सरकार, यस्तो छ योजना (भिडियोसहित)

विवेकशिल नेपाली दल आगामी दिनमा ‘नगरवासीको साथी र महानगरको पहरेदार’ भन्ने बताएको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी विवेकशीलले काठमाडौं महानगरपालिकामा सेवक सरकार चलाउने बताएको हो ।

महानगरपालिकाको चुनावमा विवेकशिल नेपाली दलको तर्फबाट उम्मेदार भएकी रञ्जु दर्शना र उनको टिम सेवक सरकारमा रहनेछन् । रन्जुले नेतृत्व गर्ने सेवक सरकारले महानगरवासीको हितमा काम गर्ने विवेकशिल नेपालीले जनाएको छ ।

काठमाडौं महानगरका जनताको सुझावअनुसार नै सेवक सरकारको अवधारणामा अगाडि बढेको रन्जु बताइन् । ‘हाम्रो सेवक सरकार जनसरकार जस्तो हैन । हामी नगरवासीको गुनासोहरु सुन्छौ । नगरमा के कस्तो विकाश आवश्यक छ, त्यसको लागि पहल गर्छौ ।’

त्यसैगरि, महानगरको मेयरलाई काम गर्न सघाउने, समन्वय गर्ने र राम्रो काम गरेमा खुलेर सर्मथन गर्ने बताएको छ । जनतालाई अहित हुने काम भएमा खबरदारी गर्ने सेवक सरकारको काम हुने विवेकशिल नेपालीले जानकारी दिएको छ ।

सेवक सरकारले सुन्दरमांडु बनाउने योजना समन्वयमा लादै राजधानी बासीको सपना पूरा गर्न हरसमय खटिने विवेकशिल नेपाली दलका प्रवक्ता रमेश पौडेलले बताए । ‘हामीले सुन्दरमांडु बनाउन यहाँको सरकारलाई रचनात्मक सहयोग गर्छौ,’ उनले भने ‘हामी जनताको हितमा जनताको साथी बनेर काम गर्छौ । हाम्रो योजना भनेको काठमाडौंलाई सुन्दरमाण्डु बनाउने हो । यो योजना पूरा गर्न हामी सेवक सरकार बनेर काम गर्ने छौ ।’

सेवक सरकारमा रन्जु दर्शनासंगै वडा अध्यक्षका उम्मेदारहरु अमृतराज बैद्य, सागर लुईटेल, सुवास पराजुली, दिप विक्रम विष्ट, कपिल अर्याल र शिवराम मोनिकार रहनेछन् । काठमाडौं महानगरपालिकामा रहेर नगरवासीको साथी र महानगरको पहरेदारको रुपमा काम गर्ने विवेकशिल नेपालीले बताएको छ ।

पत्रकार सम्मेलनमा विवेकशिल नेपालीले दोस्रो चरणको चुनावमा भाग लिने खुलासा गरेको छ । पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै दर्शनाले आफू संसदीय र प्रदेशीक चुनावमा नलड्ने बताएकी छिन् । ‘हामीले हारेको हैन्, यदि कसैले त्यो सोच्छ भने त्यो भ्रम हो । कृपया सच्याउनुस् ।’ कार्यक्रममा बोल्दै रन्जुले भनिन्, ‘थोरै समयमा हामीले धेरै काम गर्यौ । जनताले माया गरेर सम्मानजनक मत दिनुभयो । हामी त्यो मतको सम्मान गर्दै काम गर्छौ । हाम्रो यात्रा यतिमै टुङिंगदैन । हामी हडबढाएको छैनौ ।’

‘कतिपय मिडियाको साथीहरुबाट म पीडित भए । आफूले थाहा नभएको, आफ्ने जीवनको भन्दै नभनेको कुराहरु धेरै आए । तर, सहयोग गर्नेहरु पनि धेरै भए । धेरैले सकरात्मक रुपमा सहयोग गर्नुभयो ।’ उनले भनिन्, ‘सहयोग र रचनात्मक आलोचना गर्नेहरु सबैलाई धन्यवाद ।’

विशेष