राजनीति

भरतपुरमा रेणु १३३६ मतले पछाडि

भरतपुरमा रेणु १३३६ मतले पछाडि

भरतपुर महानगरपालिकामा जारी मतगणनाअनुसार नेकपा एमालेको अग्रता कायमै छ । एमालेकाे तर्फबाट मेयरको उमेदवार दिएका देवि ज्ञवाली १ हजार ३ सय ३६ मतले अगाडि छन् ।

हालसम्म प्राप्त मत परिणाम अनुसार ज्ञवालीले ३२ हजार २५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी माअोवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ३० हजार ९ सय १७ मत प्राप्त गरेकी छन् । भरतपुरमा माअाेवादी केन्द्रले र नेपाली काँग्रेसले तालमेली गरेकाे हाे । 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीकाे अग्रता कायम छ । उनले ३४ हजार ४ सय ९० मत प्राप्त गरेकी छिन् भने एमालेकी दिव्य शर्मा आचार्यले २९ हजार १ सय १५ मत प्राप्त गरेका छन् । अहिले वडा न १५ मत गणना भइरहेकाे छ भने १६ देखि २६ नम्बरका वडाहरुको मत गणना बाँकी छ ।

विशेष