राजनीति

एमालेले भन्यो प्रधानमन्त्रीको राजीनामाले निर्वाचन अन्योलमा

एमालेले भन्यो प्रधानमन्त्रीको राजीनामाले निर्वाचन अन्योलमा

जेठ ११ ।  प्रमुख प्रतिपक्षी एमालले राजनीतिक सहमति निर्माणमा भूमिका खेल्नुपर्ने बेलामा राजीनामा दिएर निर्वाचनलाई अन्योलपूर्ण बनाएको टिप्पणी गरेको छ ।

बुधबार साँझ बसकेो एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा र स्थानीय तहको निर्वाचनबारे समीक्षा गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले नै पद छोडेर हिँड्नु गैरजिम्मेवारी भएो निष्कर्ष निकालेको छ । ‘हाम्रो पार्टीले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायधीशमाथिको महाभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तबरबाट भएका ज्यादतीहरूको संसदीय छानबिनको माग गरिरहेका बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर परिस्थितिलाई अन्योलपूर्ण बनाउनुभएको छ’, एमाले बैठकको निर्णयमा उल्लेख छ ।

एमालेले दोस्रो चरणको चुनाव नसकिँदासम्म राजनीनामा नदिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटकपटक आग्रह गरेको थियो। स्थानीय तहको संख्या र सीमा फेरबदल गर्ने निर्णयले दोस्रो चरणको चुनावलाई अन्योलपूर्ण बनाइरहेको र तत्कालै संसदमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्नुपर्ने बेलामा राजीनामा दिनुले समस्या थपिएको एमालेको भनाइ छ ।

‘यस्तो बेलामा राजीनामा दिएर जगहसाइँ नगर्नुहोस्, चुनावसम्म पर्खिनुहोस् भनेर हामीले भनेका थियौं’, एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘तर उहाँ स्थितिप्रति गम्भीर हुनुभएन ।

कान्तिपुर

विशेष