राजनीति

१२ वर्षमा फेरि प्रधानमन्त्री बन्दै देउवा

१२ वर्षमा फेरि प्रधानमन्त्री बन्दै देउवा

जेठ ११ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदबाट राजीनामा गरेसँगै नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया अघि बढ्ने भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमति कायमै रहेको अवस्थामा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिम साता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो ।

संवैधानिक र संसदीय प्रक्रिया सहजरुपमा अघि बढे कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवा १२ वर्ष ४ महिनापछि फेरि कार्यकारी प्रमुखका रुपमा सिंहदरबार प्रवेश गर्ने छन् । देउवाका लागि यो अवसर चुनौतीपूर्ण हुनेछ । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासन सत्ता आफ्नो हातमा लिँदै देउवालाई कार्यकारी प्रमुख प्रधानमन्त्री बाट अपदस्थ गरेका थिए ।

२०७२ फागुनमा पार्टीको कमाण्ड सम्हालेका देउवा माओवादी केन्द्र, मधेसकेन्द्रित दलको गठबन्धनलाई कायम राख्दै अघि बढ्ने तयारीमा छन्।

विशेष