विचित्र विश्व

एउटै राँगाको मूल्य ४० करोड !

एउटै राँगाको मूल्य ४० करोड !

वैशाख २८ । भारतमा ‘शहन्शाह’ नाम गरेको चार वर्षको मुर्रा जातको एउटा राँगाको मूल्य ४० करोड रुपैयाँ २५ करोड भारु राखिएको छ ।

हरियाणा कृषि तथा कृषक कल्याण विभागले फरिदावाद जिल्लाको सुरजकुन्डमा आयोजना गरेको तीनदिने ‘एग्री लिडरसिप समिट २०१७’मा सबैभन्दा बढी आकर्षण बनेको उक्त  राँगाको मूल्य २५ करोड भारु रहेको मालिकले बताएका हुन् ।

दिदवारी गाउँमा दूधडेरी चलाउने नरेन्द्र सिंहले पालेको शहन्शाह नाम गरेको उक्त राँगाको लम्बाइ पाँच फिट १० इन्च रहेको छ ।

 सिंहकाअनुसार उक्त राँगाले सन् २०१६ मासमेत उत्तर प्रदेशभरिको पशुमध्ये सबैभन्दा उत्कृष्ट स्थान हासिल गरेकोे थियो । उक्त राँगाको आमाले अझैसम्म दैनिक २७ लिटर दूध दिइरहेको सिंहले बताए । उनकाअनुसार शहन्शाहले दैनिक १० लिटर आमाको दूध र आधा लिटर घिउ खाने गर्दछ ।

सिंहले केहि वर्षपछि शहन्शाहको वीर्य बेचेरमात्र वार्षिक ५० लाख भारु कमाइ हुने बताएका छन् । उक्त गाउँमा अर्को किसानको त्यही जातको ‘रस्तम’ नाम गरेको शहन्शाहभन्दा केहि जेठो राँगा रहेको बताउँदै उनले भने–‘अहिले रस्तमको मालिकले रस्तमको वीर्य बेचेरमात्रै वार्षिक ५० लाख भारु कमाइरहेका छन् ।

Ranga Ko Mulya

विशेष