राजनीति

२० हजार मत नजिक रन्जु, तीन महानगर कस्को पोल्टामा

२० हजार मत नजिक रन्जु, तीन महानगर कस्को पोल्टामा


जेठ ११ । काठमाडौं लगायत देशका तीन महानगरको मतगणना जारी रहेको छ ।

अहिले सम्म उपत्यकाको ८० प्रतिशत मत गनिएको छ । अहिले सम्म गनिएको मत अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४९ हजार २ सय ७७ मत प्राप्त गर्दा कांग्रेसका राजुरा जोशीको ३४ हजार ९ सय ६९ मत हासिल गरेकी छन् ।

त्यस्तै विवेकशील नेपालकी रन्जु दर्शनाले १८ हजार ६८ मत पाएकी छन् भने साझा पार्टीका उम्मेदवार किशोर थापाको १३ हजार ९ सय ५० मत रहेको छ ।

त्यस्तै भरतपुर महानगरमा एमालेका देवि ज्ञवालीको ३० हजार ६ सय ८२ मत रहेको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २८ हजार ९ सय ३३ मत पाएकी छन् । पोखराको लेखनाथ महानगरपालिकामा पनि एमाले कै उम्मेदवार अग्रस्थानमा रहेका छन् ।

Mahanagarpalika

विशेष