हाम्रो देशमा प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवाका काला धब्बाहरु यस्ता छन्
जेठ–१२ । नेकपा (माओवादी केन्द्र)को पुष्पकमल दाहाल प्रचण्डले बुधबार देशवासीका नाममा सम्बोधन गरेर प्रधानमन्त्रीको पदबाट राजीनामा दिए । माओवादी केन्द्र, नेपाली कांग्रेस र केही साना दलहरुको साझेदारी बनेको आलोपालो सरकारको पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
प्रचण्डले पूर्व सहमति अनुसार काँग्रेसलाई पालो दिन पदबाट राजीनामा दिए । उनको बहिरगमन भए लगत्तै नयाँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुने पक्का जस्तै भएको छ । यतिबेला सबैको ध्यान कांग्रेसका सभापति देउवा तर्फ मोडिएको छ । देउवाबारे चर्चित कलंक यस्ता छन् जसले उनलाई जनताको अघि कलंकका मुख्य साझेदार बनायो ।
१) २०४८ मा देउवा गृहमन्त्री हुँदा मोतीलाल बोहरालाई आइजीपी बनाउन प्रहरी सेवा अवधि ३० वर्ष बढाएर विवादित बनेका थिए । बोहरा आइजीपी भएपछि फेरि सेवा अवधि बढाएर ३२ वर्ष पुर्याए ।
२) २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईले पेश गरेका ४० सुत्रिय मागको वेवास्ता गरेका थिए । उनी नेतृत्वको सरकारले प्रस्तावित माग वेवास्ता पछि नेकपा माओवादीले जनयुद्ध सुरु गरेको थियो ।
३) २०५२ सालमा देउवाले आफ्नो सरकार टिकाउन जम्बो मन्त्रीमण्डल बनाउनुका साथै सांसदहरुलाई प्राडो पजेरो खरिद गर्न भन्सार छुट दिएर विवादित बने । जुन काण्डले नेपालीको संसदीय व्यवस्थालाई बदनाम गर्यो ।
४) २०५९ सालमा निर्वाचित संसद विघटन भएको घोषणा गरियो । देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिलेर निर्वाचित संसद विघटन भएको घोषणा गरेका थिए । यही कारणले नेपाली कांग्रेस विभाजित हुन पुग्यो ।
५) २०६१ पूव राजा शाहले प्रत्यक्ष शासन गरिरहेकै समयमा पुनः देउवा प्रधानमन्त्री बने । गोर्खाली राजाले न्याय गरे भन्दै मनोनित प्रधानमन्त्री बन्दा उनी आलोचित हुन पुगे ।
६) २०७३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित गराउने विषयमा पनि उनी विवादमा पुछिएका थिए । उनले महाअभियोग प्रस्ताप पारितप्रति गर्न सक्रियता नदेखाएपछि चौतर्फि आलोचनाको सामना गर्नु परेको थियो ।
७) २०७३ मै उनलाई विवादमा तानेको अर्काे विषय राजदूत नियुक्त पनि हो । देउवाले विवादास्पद व्यक्तिहरुलाई राजदूत बनाउने प्रस्ताव गरेपछि उनी सर्वत्र आलोचित बने ।
८) २०७३ मै आइजीपी काण्डमा पनि देउवा अलोचना मुक्त हुन सकेन् । नेपाल प्रहरीमा तेस्रो वरीयतामा रहेका जयवहादुर चन्दलाई जवरजस्ती आइजीपी बनाउन सरकारलाई दबाब दिएर उनी आलोचनको शिकार बने । पछि सरकारको सो निर्णयलाई सर्वोच्च अदालतले उल्ट्यादियो । अहिले आइजीपीमा प्रकाश अर्याल नियुक्त भएका छन् ।
९) २०७३ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट सर्वोच्च अदालतविरुद्ध प्रस्ताव पारित गराउनु ।
१०) २०७४ मा प्रधानन्यायाधीश शुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नु ।