राजनीति

शेरबहादुर र प्रचण्डसँग एक्लै भिडेका मानबहादुर, को हुन् मानबहादुर

शेरबहादुर र प्रचण्डसँग एक्लै भिडेका मानबहादुर, को हुन् मानबहादुर


जेठ १२ । मुलुककै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उप मेयरमा नेकपा एमालेले जीतहासिल गरेको छ ।

मानबहादुरले माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका रामजी कुँवरलाई १३ हजार ६ सय २ मतको अन्तरले पराजित गर्दै जिसीले एमालेबाट महानगरमा पहिलो खाता खोल्न सफल भएका हुन् । गणनाको अन्तिम परिणाम अनुसार जिसीले ६० हजार १ सय १८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी कुँवरले ४६ हजार ४ १६ मत प्राप्त गरे । नेकपा माओबादी केन्द्रको समेत साथ लिएर मैदानमा होमिएका कुँवरले यस अघिनै हार स्वीकार गरेका थिए ।

पोखरा लेखनाथमहानगरको उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भएकी छन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई १२ हजार १ सय १० मतको अन्तरले पराजित गरिन् ।

परिणाम अनुसार मञ्जुले ५६ हजार ४ सय ४८ मत प्राप्त गरिन भने सरस्वतीले ४४ हजार ३ सय ३८ मत पाइन् ।मेयरमा निर्वाचित मानबहादुर जिसीले पोखरा लेखनाथ महानगरलाई समृद्ध बनाउने बताए ।

को हुन् मानबहादुर

 जिसीको जन्म २०१७ साल भदौ १७ गते भएको हो । चार दाजुभाई मध्ये जिसी जेठो छोरा हुन् उनको स्थायी घर साविक कालिका गाविस तथा हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पर्छ ।

शिक्षा शास्त्रमा स्नातक गरेका जिसीले राजनीतिक यात्रा भने तत्कालिन माले निकट अखिलबाट सुरु भएको थियो । उनी २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बनेका थिए ।

त्यसपछि २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता लिएका थिए । जिसी तत्कालिन कालिका गाउँ कमिटीका सचिव, ईलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य भएका थिए । सोही समयमा उनी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बने ।

२०६८ मा जिल्ला कमिटी सचिव (प्रमुख) भएका उनी २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि जिल्ला अध्यक्ष बने । हाल उनी पार्टीका कास्की ईञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य छन् ।

Pokhara Mahanagar Manbahadur GC

विशेष