राजनीति

एजेन्डा बुझाउन नसक्दा पराजय - राप्रपा महाभन्त्री चन्द

एजेन्डा बुझाउन नसक्दा पराजय - राप्रपा महाभन्त्री चन्द

बैतडीः राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्तबहादुर चन्दले आफ्नो एजेन्डा जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको बताएका छन्। चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुगेका महामन्त्री चन्दले पत्रकारसँग कुरा गर्दै जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्दा पराजित हुनुपरेको बताए।

‘निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि हाम्रो यो अवस्था आएको हो,’ उनले भने, ‘एजेन्डाबाट विचलित नभएर दोस्रो चरणको चुनावमा जनतामा जान्छौ र सफल हुनेछौँ।’

स्थानीय तहको निर्वाचनले देश समृद्धतिर लम्किने भएकाले दोस्रो चरणको निर्वाचन अनिवार्य रहेको उनको भनाई थियो। निर्वाचन हुन नसकेमा देश अन्यौँलता तर्फ धकेलिन्छ’ चन्दले भने।

लोकतान्त्रिक अभ्यासमा हारजित स्वभाविक भएको बताउँदै उनले निर्वाचनमा पराजय भए पनि कार्यकर्तालाई निराश नभएर दोस्रोचरणको चुनावमा सक्रिय हुन आग्रह गरे। 

विशेष