राजनीति

भरतपुरमा एमालेका ज्ञावलीले फेरि मतान्तर बढाए

भरतपुरमा एमालेका ज्ञावलीले फेरि मतान्तर बढाए

चितावनः भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । ताजा मतपरिणमअुनसार एमालेका ज्ञवालीले ३५ हजार ९ मतसहित अग्रता कायम राखेका हुन् ।

ज्ञावलीका निकटत प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३३ हजार ३ सय ६८ मत ल्याएर पछ्याइरहेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पाटीका बद्री तिमिल्सिना ५ हजार एक सय मतसहित तेस्रो स्थानमा छन् ।

त्यसैगरी उपमेयरमा भने नेपाली काँग्रेसको अग्रता कायमै छ । नेपाली काँग्रसकी पार्वती शाहले ६७ हजार ३१ मत प्राप्त गरेकी छिन् भने उपमेयरमा एमालेकी दिव्य आर्चाले ३१ हजार ७ सय ३५ मतसहित पछ्याइरहेकी छिन् ।

Election-2074

विशेष