राजनीति

जनताले सम्मानजनक मत दिएः प्रवक्ता भुसाल

जनताले सम्मानजनक मत दिएः प्रवक्ता भुसाल

भक्तपुरः नेकपा माओवादी (केन्द्र)की प्रवक्ता प्रवक्ता पम्फा भुसालले आफनो पार्टी नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गरेको बताएकी छिन् । शुक्रबार भक्तपुरमा स्थानीय संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता भुसालले निर्वाचनमा हार व्यहोरेपनि जनताले आफ्नो पार्टीलाई सम्मानजनक मत दिएको बताएकी हुन् ।

उनले निर्वाचनमा माओवादी केन्द्र तेस्रो भए पनि जनताले त्रिशक्तिलाई नै मतदान गरेको बताउँदै हार र जीत स्वभावीकै भए पनि माआवादी केन्द्रको एजेण्डा सफल भएको र नैतिक जीत भएको बताईन ।

उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा र कार्यान्वयन गर्ने काम गरेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधानलाई कार्यान्वयन गराउन महत्वपूर्ण योगदान दिएको पनि उल्लेख गरिन् । सहमतिका आधारमा नै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रधानमन्त्री राजीनामा बारे कुनै शङ्का गर्न नहुने र यही गठबन्धनको सरकारले निरन्तरता पाउँने दाबी गरिन् ।

प्रवक्ता भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई लिएर अनावश्यक टिप्पणी गरिरहन नपर्ने पनि प्रतिक्रिया दिइन् । बजेट र नीति तथा कार्यक्रम नियमित रुपमा आउने प्रक्रिया भएकाले यसलाई टिप्पणीको विषय बनाउनुको औचित्य नरहेको तर्क गरिन् ।

विशेष