राजनीति

राजपाद्वारा निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक

राजपाद्वारा निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँः राष्ट्रिय जनता पार्टी नेपाल अागामी ३१ गते हुने लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नजाने भएको छ । सरकारले आफूहरुलाई धोका दिएको भन्दै निर्वाचनमा सहभागिता नजनाउने र निर्वाचन गराउन पनि नदिने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै सो पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ ।

राजपाले जेठ १३ गतेदेखि आन्दोलन सुरु गर्ने भएको छ । १४ गते लाठी जुलुस र १५ गते वृहत अन्तरक्रिया गर्ने भएको छ भने १६ गते निर्वाचन कार्यलयमा तालाबन्दी गरी घेराउ हाल्ने राजपाले जारी गरेको विज्ञप्तिमा जनाइको छ । निर्वाचनसम्बन्धी सबै गतिविधि अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने, लाठी जुलुस, मसाल जुलुस तथा आमहड्ताल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

राजपा

विशेष