राजनीति

एमाले र माओवादी केन्द्र बाहेकका तालमेल असफलः भट्टरार्इ

एमाले र माओवादी केन्द्र बाहेकका तालमेल असफलः भट्टरार्इ

काठमाडाैँः  नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल सफल भएको बताएका छन्।

प्रेस चौतारी नेपालले आयोजना गरेको उपत्यकास्तरीय भेलामा उनले पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले नेपाली काँग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका तालमेललाई जनताले अनुमोदन नगरेको जनाउँदै एमाले र माओवादीबीचको तालमेल तुलनात्मकरुपमा सफल भएको उल्लेख गरे।

नेता भट्टराईले भने, 'एमाले र माओवादीबीच लमजुङ र बाग्लुङमा भएका तालमेल सफल भएका छन् र अन्य ठाउँमा भएका अन्य पार्टीबीचका तालमेललाई जनताले अप्राकृतिक ठहर गरेका छन्।'

कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, सचिव विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले निर्वाचन प्रचारका बारेमा जानकारी गराएका थिए। 

विशेष