राजनीति

एमालेले छान्यो ४ उपमहानगरपालिकाका उम्मेदवार

एमालेले छान्यो ४ उपमहानगरपालिकाका उम्मेदवार

काठमाडाैंः नेकपा एमालेले दोस्रो चरणको निर्वाचनका लागि पाँच नम्बर प्रदेशका चार उपमहानगरपालिकामा मेयर र उपमेयरको टुंगो लगाएको छ । 

शुकबार एमाले संसदीय दलको कार्यालयमा बसेको एमाले स्थायी समिती बैठकले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा समसुद्धिन सिद्धिकी र उपमेयरमा शान्ति ढकाललार्इ चयन गरेको भने दाङको तुलसिपुर उपमहानगरपालिकाको मेयरमा घनश्याम पाण्डे र उपमेयरमा मा माया आचार्यलार्इ उठाउने निर्णय गरेको छ।

त्यस्तै, दाङकै घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमामा सीता न्यौपानेलार्इ उम्मेदवार बनाउने भएको छ भने रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलार्इ उठाउने निर्णय गरेको हो।

अाजको बैठकले स्थानीय तह थप्ने सरकारको निर्णयलार्इ कार्यन्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेशको स्वागतसमेत गरेको छ। पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टरार्इले निर्वाचनका सम्पूर्ण तयारीका कामहरु अन्तिम चरणमा पुगिसकेकाले पुरानै सीमांकन र स्थानीय तहको संख्याको आधारमा दोस्रो चरणको निर्वाचन हुनेपर्ने बताए।

विशेष