राजनीति

मधेसी चेली काठमाडौंबाट जनप्रतिनिधि

मधेसी चेली काठमाडौंबाट जनप्रतिनिधि

जेठ १२ । सद्भावनाको सन्देश दिँदै काठमाडौंको तारकेश्वर नगरबासीले मधेसमूलकी एक महिलालाई जनप्रतिनिधि चुनेका छन् ।

यसले मधेसी र पहाडिया समुदायबीच तिक्ततायुक्त होइन, सौहार्दपूर्ण सम्बन्ध छ भन्ने थप पुष्टि भएको छ । तारकेश्वर नगरपालिका- ४ का मतदाताले मधेसीमूलकी महिला आशिया ठाकुर विश्वकर्मालाई सदस्यमा जिताएका हुन् ।

वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेतर्फबाट दलित महिला सदस्य उम्मेदवार बनेकी उनी ५ सय ८५ मतसहित विजयी भएकी हुन्।  ठाकुर रौतहटको प्रेमपुरगानाईमा जन्मिएकी हुन् ।

रौतहटको औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग ११ वर्षकै उमेरमा विवाह भएपछि उनी काठमाडौं आएकी हुन्।

विशेष