राजनीति

तराई–मधेसमा हामी सबैलाई चकित तुल्याउँदैछौं : योगेश भट्टराई

तराई–मधेसमा हामी सबैलाई चकित तुल्याउँदैछौं : योगेश भट्टराई


नेकपा एमालेका सचिव योगश भट्टराईले आफूहरुले मधेशमा सबैलाई चकित पार्दै पहिलो दल हुने ठोकुवा गरेका छन् ।

पहिलो चरणको निर्वाचनको परिणामले आगामी चुनावका लागि के सुधार गर्नुपनेए देखियो ?

पार्टीको आन्तरिक एकतालाई हामीले अझै सुदृढ गर्नुपर्ने, उम्मेदवारको निर्णय गर्दा जित्ने लोकप्रिय व्याक्तिहरुनै छनोट गर्नु पर्छ भन्ने सन्देश मिलेको छ । पार्टीलाई थप एकताबद्ध गर्दै जनताको मत सुरक्षित गर्न टिकट दिने कुरामा सचेतता एवं परिवर्तन आवश्यक देखिएको छ ।

दोस्रो चरणमा मधेमा पनि चुनाव हुँदेछ । एमाले विरुद्धको जनमतलाई कसरी चिर्नु हुन्छ ?

जसरी प्रचार गर्न खोजिँदैछ तराई मधेशको वास्तविकता त्यो होइन मधोशबाट देशभक्त, राष्ट्रवादी र यो मुलुकको एकता बलियो बनाउन सक्ने क्षमता भएको पार्टीलाई कमजोर बनाउन र लखेट्न खोजिदैछ । तराई मधेशलाई नेपालको अस्थिरताका निम्ती प्रयोग गर्न खोजिदैंछ अनि कतिपय मानिसले तराई मधेशको विषयलाई लिएर आफ्नो स्वार्थका लागि काठमाडौंसँग बार्गेनिङ गर्ने माक्यम बनाउँदैछन् ।

सामाजिक संजालमा तराई–मधेशका युवाहरुमा एमालेप्रति निकै ठूलो वितृष्ण देखिन्छ नि ?

कतिपय प्रायोति छ । सामाजिक सञ्जालमा फेक आइडीहरु बनाइएका छन् । युवा हुन्की बुढा हुन नेपालबाट गरेका हुन कि अमेरिकाबाट गरेका हुन कि दिल्लीबाट गरेका हुन् कि कसलाई थाहा छ ? फेसबुकमा नक्कली आइडी बनाएर त्यसो गरिएको छ । कतिपय योेजनाबद्ध ढंगले एमालेका विरुद्ध लागिपरेका छन् । नेपालालाई अस्थिर बनाउने र आफ्नो राजनीति दाउपेच चलाई रहन चाहने अन्तर्राष्ट्रिय शक्तिहरु एमालेलाई कमजोर बनाउँदा नेपाल कमोर हून्छ भनेर एमाले विरुद्ध मोर्चा बनाउँदैछन् ।

मधेशमा तपाईहरुको पार्टीले कस्तो परिणाम हात पार्ला ?

तराई–मधेशमा एमाले अरु कसैले नचिताएको परिणाम ल्याउँछ । हामी तराई–मधेशको परिणामबाट दुनियालाई छक्क पारिदिन्छौं । एमालले तराई–मधेशमा यति सिट जित्लाा भन्ने मानिसले सोचेकै छैनन् । मानिसहरुले सोचे भन्दा धेरै राम्रो परिणाम ल्याउँछौं ।

साप्ताहिक

विशेष