विराटनगर, वीरगञ्जसहित २२ वटा निकायमा जेठ ३१ मा निर्वाचन नहुने
जेठ–१२ । निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा ३१ जेठमा निर्वाचन गर्न नसक्ने बताएपछि ती तहमा तेस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको छ । निर्वाचन मिति भने सरकारले तोक्ने छ । निर्वाचन मिति तोक्ने जिम्मा सरकारको भएकाले आयोगले तेस्रो चरणको निर्वाचनबारे केही नभनेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माको भनाइ छ ।
उनका अनुशार सरकारले निर्वाचन कार्यतालिकाबाहेक १५ देखि २० दिन दिएमा दिएमा ती २२ तहमा निर्वाचन गराउन सकिन्छ ।
सरकारले पछिल्लो समय वीराटनगर र वीरगञ्जलाई केही क्षेत्र थपेर महानगर बनाएको छ भने थप नयाँ नगरपालिका पनि घोषणा गरेको छ ।
–नयाँ पत्रिकाबाट