राजनीति

पोखराको लेखनाथ महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जीसी विजयी

पोखराको लेखनाथ महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जीसी विजयी


जेठ १२ । पोखराको लेखनाथ महानगरपालिकामा एमालेका उम्मेदवार मानबहादुर जीसीले ६० हजार ४ सय २३ मतका साथ विजयी भएका छन् । त्यस्तै उपमेयरमा एमालेकै मन्जु गुरुङ विजयी भएकी छन् । उनले ५६ हजार चार सय ४८ मत प्राप्त गरिन ।

त्यस्तै काठमाडौं उपत्यकामा पनि एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ५४ हजार ६ सय ७७ मतका साथ अग्र स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजुराज शाक्यको ३८ हजार ७ सय ३८ मत रहेको छ ।

विवेकशीलकी उम्मेदवार रन्जु दर्शनाले २० हजार १ सय ९५ मत प्राप्त गर्दा साझा पार्टीका उम्मेदवार किशोर थापाको १५ हजार ६ सय ८९ मत छ । त्यस्तै माओवादीका उम्मेदवारले ६ हजार ३ सय ९८ मत पाएका छन् ।

Pokhara Mahanagar

विशेष