राजनीति

यस्तो छ भरतपुरको ताजा मतपरिणाम

यस्तो छ भरतपुरको ताजा मतपरिणाम

चितावनः  चितावनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमाले २ हजार २ सय ६३ मतले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका देवी ज्ञवालीले ३८ हजार १ सय ८५ मतसहित अग्रता कायम राखेका हुन् ।

ज्ञावलीका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ३६ हजार ७ सय २२ मत ल्याएर पछ्याइरहेकी छिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार १ सय ११ मत प्राप्त गरेका छन् ।

त्यसैगरी भरतको उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाहले ४० हजार ५ सय २६ मतसहित अग्रता कायम राखेकी छिन् । शाहका निकटतम प्रतिद्वन्धी एमालेका दिव्य आर्चायले ३४ हजार ८ सय ६४ मत प्राप्त गरी पछ्याइरहेका छन् भने राप्रपाकी रिना गुरुङले ६ हजार ४ सय ३३ मत ल्याएकी छिन् ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत् अब जम्मा तीन स्थानकोमात्र परिणाम घोषणा हुन बाँकी छ । काठमाडौं र भरतपुर महानगरपालिका र भक्तपुरका चाँगुनारायण नगरपालिकाको मतपरिणम आउन बाँकी रहेको हो ।

विशेष