राजनीति

सरकार चुनाव सार्ने षडन्यत्रमा लागेको ओलीको आरोप

सरकार चुनाव सार्ने षडन्यत्रमा लागेको ओलीको आरोप


जेठ १३ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले यो वा त्यो बहानामा दोश्रो चरणको निर्वाचन सार्न नहुँने बताएका छन् ।

पोखरामा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले राष्ट्रिय जनता पार्टीलाई अघि सारेर अर्को निर्वाचन नगर्ने षड्यन्त्र भईरहेको बताएका छन् । राजपा लगायत मधेश केन्द्रित दलका नेताहरुले हरेक कुरामा निहुँ खोज्ने गरेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्यसो नगर्न राजपालाई आग्रह गरे । ‘‘कतै सरकारलेराजपासंग साँठगाँठ गरेको त छैन” ओलीको आशंका थियो ।

सर्वोच्चका न्यायाधिशमाथि महाअभियोग, स्थानीय तहको संख्या थप लगायत विभिन्न विषयमा सरकार गलत हावी भएको आरोप लगाउँदै ओलीले पटक पटक नचाहिने कुरामा देशलाई न अल्मल्याउन सुझाव दिए । प्रन्यायाधिसमाथिको महाअभियोग फिर्ता लिने तयारी सरकारले गरेको र आज भोलिमै फिर्ता हुने जानकारी पनि ओलीले दिए । अध्यक्ष ओलीले संविधानको कार्यान्यवनका निमित्त पूर्व निर्धारित ४६१ स्थानीय तहमा निर्वाचनको वातावरण तयार गर्न सरकालाई अनुरोध गरे ।  दोस्रो चरणको चुनावमा पहिलो चरणमा भन्दा धेरै अन्तरले एमाले पहिलो पार्टी बन्ने दाबी ओलीको थियो ।

तराईमा एमालेको जनाधार बलियो रहेको दाबी गर्दै तराई मधेशमा एमाले कति छ भन्ने कुरा चुनावले देखाउँने बताए । अरु दलसँग जनता वाक्क दिक्क भइसकेको समेत दाबी गरे ।

KP Oli

विशेष