राजनीति

संसदमा प्रधानमन्त्रीले आज जवाफ दिने, यस्तो छ कार्यतालिका

संसदमा प्रधानमन्त्रीले आज जवाफ दिने, यस्तो छ कार्यतालिका

जेठ १४ । संसदको आजको बैठकमा आर्थिक वर्ष २०७४–०७५ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरिने भएको छ ।

संसद सचिवालयका अनुसार हिजोदेखि शुरु भएको नीति तथा कार्यक्रम माथिको छलफल सकाएर प्रधानमन्त्रीले आजै जवाफ दिने कार्यक्रम छ । आजै बस्ने संसद बैठकमा आर्थिक वर्ष २०७४(०७५ को बजेटअघि सधैझै आर्थिक सर्वेक्षण पेश गरिने छ । संविधानतः जेठ १५ मै सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रममा खासै कुनै नयाँ योजना समेटिएका छैनन् । सत्तारुढ दलले निर्वाचन आचारसंहिता र विपक्षी दलको कारण नयाँ कार्यक्रम समेट्न नसकिएको बताएका छन् ।

विपक्षी एमालेले भने नीति तथा कार्यक्रम चर्चा गर्न लायक नै नभएको बताएको छ । नीति तथा कार्यक्रमले सहमतिको भावनाअनुरुप सरकार चल्ने उल्लेख गरे पनि व्यवहारमा विपक्षीलाई एक्ल्याउने काम भएको गुनासो उनीहरुको छ

samsad ma partipaxhi

विशेष