राजनीति

एमालेको भूल–भूलैयामा नलाग्न कोइरालाको आग्रह

एमालेको भूल–भूलैयामा नलाग्न कोइरालाको आग्रह

जेठ १४ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले लोकतन्त्र, संघियता र गणतन्त्र समाप्त पार्न एमाले कम्मर कसेर लागेको बताएका छन् ।

जातिय सदभाव विथोलेर एमालेले देशलाई बिखन्डनमा लैजान लागेको बताउँदै एमालेको भूल–भूलैयामा नलाग्न जनतालाई आग्रह गरे । नेपाली काँग्रेस स्वर्गद्धारी नगर समितिले प्यूठानको भिंग्रीमा आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै उनले एमाले ‘गफ चूटेर’ जनता भ्रमित पार्ने पार्टी भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस प्यूठानका सभापती अमर भन्डारी, पूर्वसभापतीहरू दिवाकर गौतम, सुवास केसी लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा एमाले,राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी र माओबादी केन्द्र परित्याग गरी १७५ जना काँग्रेसमा प्रवेश गरेका थिए ।

Shekar Koirala

विशेष