राजनीति

यो सरकार काम चलाउ होइनः प्रधानमन्त्री प्रचण्ड

यो सरकार काम चलाउ होइनः प्रधानमन्त्री प्रचण्ड


जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकार काम चलाउ नभएको दाबी गरेका छन् ।

सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ’बहुमत गुमाएर पनि काम चलाउ भएको होइन । जनताको विरोधले पनि होइन । देशलाई निकास र गति दिन आफूले चालेको रणनीतिक कदम हो यो ।’

आफूले प्रतिपक्षीलाई विश्वासमा लिन निरन्तर प्रयत्न गरेको उनको भनाइ थियो । ‘प्रतिपक्षीले पनि मेरो नेतृत्वको सरकार अलिक समय रही दिएहुन्थ्यो भनेको त्यसै होइन । ’

उनले हिमाल, पहाड र तराईरमधेस जोडेर पहिलो चरणको निर्वाचन सफल गराएको र दोस्रो चरणको निर्वाचन सुनिश्चित गरेको बताए । ’निर्वाचन कसले जित्छ, आफ्नो दलको स्थिति के हुन्छ भन्नेतर्फ ध्यान दिएको भए चुनाव हुँदैनथ्यो, मैले आफूले जित्न बल गरिनँ मधेस, पहाड र हिमाललाई जुटाएर तपाईंलाई जित्ने अवसर जुटाइदिँए’एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने ’गतवर्ष यही सदनमा सोधिएको प्रश्नको जवाफ मैले कसरी दिएँ यसको इतिहासले मूल्यांकन गर्नेछ ।’

विशेष