राजनीति

राजपालाई मनाउन प्रयास

राजपालाई मनाउन प्रयास

 

जेठ १४ । स्थानीय तहको दोश्रो निर्वाचनमा सहभागी हुने निश्चीत भए राष्ट्रिय जनता पार्टीले राखेका मागका बिषयमा लचक भएर अघि बढ्न सकिने सत्तारुढ दल तयार देखिएको छ ।

पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागी प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अबेर वसेको सत्तारुढ काग्रेस माओवादी तथा प्रतिपक्षी एमाले र राजपाका शिर्ष नेताको बैठकमा निर्वाचनमा सहभागी गराउन राजपाका मागका बिषयमा छलफल भएको हो ।

राजपाले संबिधान संसोधन , स्थानीय तहको संख्या लगाएतका बिषयमा आफुहरुको माग पुरा नभएको पुष्पकमल दाहालले दोश्रो चरणको निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गरेका थिए । जवाफमा राजपाका नेताहरुले आफुहरुको माग पुरा हुने सुनिश्चत भएमात्र निर्वाचनमा सहभागी हुने अडान राखेको थियो । बैठकमा सहभागी एमाले नेताहरुले पनि निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेको थियो ।

बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले राजपालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण निर्माणलागी छलफल भएको जानकारी दिए । राजपा निर्वाचनमा सहभागी भए केहि माग सम्बोधनका लागी दलहरु तयार रहेको गौतमले जानकारी दिए । बैठक आज फेरि बस्ने छ ।

 

Dal Chalfal

विशेष