राजनीति

राष्ट्रपतिकी मितिनी पोखरा महानगरपालिकाको उप्रमुख, यसरी गाँसिएको थियो साइनो

राष्ट्रपतिकी मितिनी पोखरा महानगरपालिकाको उप्रमुख, यसरी गाँसिएको थियो साइनो

जेठ १४ । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उप्रमुखमा निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी मितिनी हुन् ।

चुनावका बेला यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाएकी होइनन् । एमालेले पार्टीभित्रै गरेको चुनावबाट चुनिएर मञ्जु उप्रमुखको उम्मेदवार बनेकी थिइन् । सिफारिस जो हुनुभएको थियो । राष्ट्रपतिसँग मञ्जुले उनकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्मगरेकी छैनन् ।

आफूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आ-आफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउँछिन् ।

कसरी गाँसिएको थियो त उनीहरुको सैनी साइनो ?

कुरा २०५१ सालको हो । एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् । पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुबाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे । नगर कमिटी इञ्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो। ‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भने, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्ने खालको हुँदा जोडी मिल्ने देखेँ ।’ सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपप्रमुख हुँदा जीवनकै ठूलो खुसी मिलेको उनले सुनाए ।

संयोग कस्तो पनि परेको छ भने उनी यसअघि पोखरा उपमहानगरपालिकाको उपप्रमुख थिए । छोरी मञ्जु आफ्नै ठूलोबुबाको उत्तराधिकारी बनेकी छन् ।

अन्नपूर्ण

Manju Gurung

विशेष