राजनीति

भक्तपुरमा रोहितको राज

भक्तपुरमा रोहितको राज


जेठ १४ । स्थानिय तहको पहिलो चरणको निर्वाचनमा देशभरिको नतिजामा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् ।

तर काठमाडौंसँगै जोडिएको शहर भक्तपुरमा भने यी पार्टीको कुनै साइनो सम्बन्ध छैन् । किनभने त्यहाँ ठूला दललाई पुरानो बाम पार्टी नेपाल मजदुर किसान पार्टी नेमकिपाले पत्तासाफ पारिदिएको छ । त्यो पनि पुरै सेट सहित ।

कोर भक्तपुरलाई समेटेको यो नगरपालिकामा १० वडामा नै नेमकिपाले सवै उम्मेदवार जितेको छ । त्यो पनि ९० प्रतिशत मतकासाथ । एक समय थियो कर्णाली र भेरीका पहाडी जिल्ला अनि चितवन र रामेछाप पनि नेमकिपाको संगठन बलियो थियो । अहिले खुम्चदै खुम्चर्दै भक्तपुरमा सिमित हुन पुगेको छ ।

७७ वर्षीय नारायणमान बिजुक्छे ४२ वर्षदखि आफै पार्टी अध्यक्ष छन् । उनको सानो समुह छ । समय बदलियो तर न उनका कार्यकर्ता नै वदलिएका छन् । सानो समुहमा घेरिने र परम्परागत मान्यतबाट माथि नउठ्ने अनि आफ्ना कार्यकर्ता बाहेक अरुका कुरा नसुन्ने आदि कारणले बिजुक्छेको प्रभाव खुम्चदै गएको हो कि, उनीचाँही भक्तपुरको सफलतामा नै खुसी छन् ।

नेपाल

Majdur Kisan Paty

विशेष