राजनीति

काठमाडौं महानगर प्रमुखमा शाक्य, को हुन् शाक्य

काठमाडौं महानगर प्रमुखमा शाक्य, को हुन् शाक्य


जेठ १४ । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका छन् ।

शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरि विजयी भएका हुन् उनका निकटम प्रतिद्वन्द्वी राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरे ।

विवेकशी नेपालकी उम्मेदवार रन्जु दर्शनाले २३ हजार ७ सय ३९ मत प्राप्त गरी तेस्रो भइन भने साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४ सय ९६ मत पाए । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्धी राप्रपा नेपालका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाए ।

को हुन् विद्यासुन्दर

काठमाडौँकै लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिएर त्यहिँको माटोमा हुर्किएका शाक्यले बागदरवार नजिकै रहेको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गरेका छन् ।े शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य विद्यालयतहदेखि नै राजनीतिमा सम्लग्न सरल, सभ्य र शालिन व्यक्तित्वका धनी छन् । 

कलिलो उमेरदेखि नै राजनीतिमा प्रवेश गरेका उनी ०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय थिए ।  ०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उहाँले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेलेका थिए । ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो । कुशल संगठनका रुपमा आफुलाई उभ्याउन सफल शाक्यलाई त्यस बेला निर्वाचन जित्न कुनै समस्या भएन ।

०५४ सालमा भएको स्थानीयनिर्वाचनमा पनि दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भए । आफ्नो अडानमा रौँ बराबर पनि पछि नहट्ने शाक्य करिब दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । राजनीतिमा लागेर अहिले सम्मकुनै पनि विवादमा नमुछिएका शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको निधन भैसकेको छ । हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आआएका छन् ।

Kathmandu Mahanagarpalika Bidyasundar Sakya

विशेष