राजनीति

मधेसी दल आउने भए निर्वाचनको मिति केही दिन सार्दा आपत्ति छैन — कमल थापा

मधेसी दल आउने भए निर्वाचनको मिति केही दिन सार्दा आपत्ति छैन — कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसकेन्द्रित दलहरु निर्वाचनमा आउने भए दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति केही दिन पर सार्दा आफूहरुलाई आपत्ति नहुने बताएका छन् ।

राप्रपाको २८औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले पहिलो चरणको निर्वाचनमा आफूहरुको अपेक्षाअनुसार परिणाम आउन नसकेको बताए ।

उनले पार्टीको जनमत भने नघटेको दाबी गर्दै थापाले पहिलो चरणको हारबाट हत्तोसाहित नभएको जिकिर पनि गरे ।

यस्तै, राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले ठूला दलहरुले पनि जनतालाई चित्त बुझाउन नसकेको भन्दै जनतालाई आफ्नो पार्टीको एजेन्डा बुझाउन नसकेको बताए ।

 

विशेष