राजनीति

भरतपुरमा तत्काल मतगणना नहुने, मतपत्र च्यातिएको घटना छानबिन गर्न आयोगले बनायो समिति

भरतपुरमा तत्काल मतगणना नहुने, मतपत्र च्यातिएको घटना छानबिन गर्न आयोगले बनायो समिति

काठमाडौं । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटना छानबिन गर्न एउटा समिति बनाएको छ । आइतबार राति नेकपा ‘माओवादी केन्द्रका कार्यकर्ता’ले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित गरिएको थियो ।

सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाइएको हो । समितिमा नेपाल प्रहरीका डीआइजी र गृह मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

समितिलाई तत्काल घटनास्थल पुगेर छानबिन गरी तीन दिनभित्र प्रतिवेदन दिन भनिएको छ । प्रतिवेदन नआएसम्मका लागि भरतपुरको मतगणना स्थगित नै रहने भएको छ ।

 

bharatpur matagadana

विशेष