राजनीति

हार्ने भएपछि मध्यरातमा जंगलीहरुले ताण्डव गरेः देवी ज्ञवाली

मतगणना पुनः गरौं भन्दा एमाले मानेनः माओवादी

हार्ने भएपछि मध्यरातमा जंगलीहरुले ताण्डव गरेः देवी ज्ञवाली

जेठ–१५ । भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजना बनाएरै माओवादी कार्यकर्ताले मतपत्र च्यातेको एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले दाबी गरेका छन् । 

घटना हुने बारे आफूलाई पहिले नै सूचना भएको र त्यो सूचना सुरक्षाकर्मीलाई दिएको तर रोक्ने प्रयास नभएको उनले आरोप लगाए । उनले भने, ‘यो जंगली व्यवहारले विधि र मर्यादा सबै मिचेको छ ।’
मतगणनास्थल कभर्डहलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ‘हार्ने निश्चित भइसकेपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्यसत्ताको दुरुपयोग गरिएको छ ।’
उनले दुई दिन अघि नै सत्तापक्षको उम्मेदवार हार्ने भएपछि मतपत्र च्याच्ते, एसिड हाल्ने जस्ता घटना हुन सक्छन् भन्ने खबर पाएको जानकारी दिए ।
माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमालेको आरोप छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक एमाले कार्यकर्ता पनि प्रहरी हिरासतमा छन् । कांग्रेस र माओवादीका नेताहरुले भने एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।
यता चितवन माओवादी नेतृ कञ्चन खनालले खसेको मत भन्दा बढी बक्सामा मतपत्र पाइएपछि विवाद सिर्जना भएको जानकारी दिइन् । उनले भनिन् ‘ त्यही विवाद चर्कदै जाँदा त्यो बक्साको मत पत्र पुन गणना गर्नुपर्छ भन्दा एमाले मानेन । अनि घटना भएको हो । ’

विशेष