राजनीति

भरतपुरको मतगणनास्थलबाट देवी ज्ञवालीको सनसनीपूर्ण बयान

भरतपुरको मतगणनास्थलबाट देवी ज्ञवालीको सनसनीपूर्ण बयान

मतगणना भइरहेको बेलामा निर्वाचन परिणाम नेकपा एमालेको पक्षमा आइरहेको थियो । त्यही बेला माओवादी केन्द्रका एजेन्टसमेत रहेका प्रकाश कंडेल ‘दिलिप’ लगायतकाले मत पत्र च्यात्ने निन्दनीय काम भयो । मधु न्यौपानेलाई मत पत्र च्यात्न लगाइयो । सुनियोजित ढंगले च्यात्न लगाइयो । निर्वाचनमा हार हुँदै गएपछि मतपत्र च्यात्न लगाएर लोकतान्त्रिक अभ्यास र प्रणालीको बेइज्जत गरियो ।

यो काम सत्तारुढ दलका कार्यकर्ताद्वारा हुन गएको छ । यो अत्यन्त निन्दनीय छ । हामीले पटक पटक प्रहरी प्रशासनलाई पनि अकल्पिनीय घटना हुन्छ भनेर सूचना दिएका थियौं । तर उनीहरुले पनि वास्ता नगरेको देखियो । यस्तो निन्दनीय घटना तपाईसँग भन्दा म आफै पनि दुःखी भएको छु ।  अब हामी निर्वाचनको विधि प्रक्रिया र कानुन सम्बद ढंगले अगाडि बढ्न चाहन्छौं । निर्वाचनको विधिअनुसार अगाडि बढ्न चाहन्छौं ।

चाँडो भन्दा चाँडो विधिसम्मत ढंगले अगाडि बढ्नु पर्छ भन्ने मान्यता मेरो छ । यसको पहल निर्वाचन आयोगले चाँडो भन्दा चाँडा गर्नु पर्छ ।

सत्तारुढ दल जसले उम्मेदवार बनाएको थियो उनिहरु हार्देछन् षडयन्त्र गर्दैछन्, मतपत्र च्यादैछन्, तेजाब खन्याउँदैछन् भन्ने खालका कुरा हामीले सुनेका थियौं तर यस्तो घृणित काम त के गर्लान भन्ने लागेको थियो तर आज व्यवहारबाट यो कुरा प्रमाणीत भयो ।

अब वडानम्बर १९ को केही र २० को मत गन्न बाँकी रहेको छ जसमा सुर्य चिन्हले अत्याधिक मत प्राप्त गरिरहेको अवस्था देखेपछि सत्तारुढ दलका कार्यकर्ता तथा उम्मेदवारहरु हार्ने भएपछि हारलाई स्विकार गर्न नसकेर मत पत्र च्यात्ने जंगली कार्य गरेका हुन् ।

–देवी ज्ञवाली मेयरका उम्मेदवार, भरतपुर ।

तस्बिर साैजन्यः रियल पिक्चर प्राेडक्सन ।

विशेष