राजनीति

चाँगुनारायणको मेयर र उपमेयरमा एमाले विजयी

चाँगुनारायणको मेयर र उपमेयरमा एमाले विजयी


जेठ १६ । चाँगुनारायण नगरपालिकाको मेयर, उपमेयरमा एमालेका सोम मिश्र र बिना बास्तोला विजयी भएका छन् ।

मिश्रले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजाराम खड्कालाई १६ सय ४३ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् । एमालेका उम्मेदवार मिश्रले ८ हजार ५ सय १२ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले ६ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् ।

त्यसै गरी उपमेयरमा एमालेका बिना बास्तोलाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरु बानियाँलाई १३ सय ३ मतले पछाडि पार्दै ८ हजार ७ सय ७९ मत प्राप्त गरिन् । कांग्रेसकी उम्मेदवार बानियाँले ७ हजार ४ सय ७६ मतमा चित्त बुझाउन र्पयो ।

CahnguNaryan Mayar

विशेष