राजनीति

भरतपुरको रोकिएको मतगणना तत्काल सुचारु गर्न माग गर्दै ओली आयोगमा


जेठ १६ । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातिएसँगै अबरुद्ध बनेको मतगणना कार्यलाई तत्काल सुचारु गर्न ध्यानाकर्षण गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु आज निर्वाचन आयोग जाँदैछन् ।

मध्यान्ह साढे १२ बजे नेताहरु आयोग पुगेर तत्काल रोकिएको मतगणना सुचारु गराउन ध्यानाकर्षण गराएका हुन्।

सुवास नेम्बाङ लगायतका नेताहरु सहभागी थिए । 

सोमबार राती एमाले र माओवादीका प्रतिनिधिबीच विवाद हुँदा भरतपुर महानगरको मतगणना क्रममा मतपत्र च्यातिएको थियो भने त्यसपछि मतगणना स्थगित भएको छ ।

कांग्रेस र माओवादी केन्द्रले पुनःमतदान हुनुपर्ने माग गरिहरेको बेला एमालेले भने मतगणना रोकिएको स्थानबाट पुन सुचारु हुनुपर्ने माग राख्दै आएको छ ।

विशेष