आफ्नो नृतृत्वमा भए सहमतिय नभए बहुमतीय सरकार हुने देउवाको दाबी
नेपाली कांग्रेसले आव्हान गरेको सर्वदलीय छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरेका छन् ।
यसअघि सर्वदलीय छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले देउवाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्नुपर्ने बताएका थिए । उनले दुई तिहाइ बहुमतको सरकार बनेमा संविधान संशोधन गर्न समेत सहज हुने बताएका थिए ।
राजपा नेताहरूले भने संविधान संशोधनलगायतका माग पुरा नभएसम्म सरकार निर्माणमा सहयोग गर्न नसक्ने बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपतिले सहमतीय सरकार बनाउन गत बिहिबार दलहरुलाई सात दिनको समय दिएकी थिइन् ।
सोही विषयमा छलफल गर्न देउवाले सबै दलका शीर्ष नेतालाई बैठकमा सहभागिताका लागि चिठी पठाएका थिए । तर मंगलबार बिहान बसेको सो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुको भने अनुपस्थित रह्यो ।
Sher Bahadur Deuba