राजनीति

ज्याेतिषकाे इशारामा चुनाव सारेकाे भन्दै प्रचणडमाथि खनिए अाेली

ज्याेतिषकाे इशारामा चुनाव सारेकाे भन्दै प्रचणडमाथि खनिए अाेली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार ९ गते चुनाव सार्ने निर्णयमा आफ्नो असहमति जनाएका छन् । चुनाव सार्न एमालेको समर्थन रहेको भनेर गलत प्रचार गरिएको भन्दै उनले यस्ता वाहियात काममा एमालेको समर्थन नभएको जिकिर गरेका छन् ।

काठमाडौं एमालेको विजयी सभालाई सम्बोधन गर्दै उनले मध्यवर्षामा चुनाव सारेको भन्दै असन्तुष्टि जनाएका हुन् । मुस्लिम धर्मावलम्बीहरुको पर्व पर्नुका साथै वर्षाका कारण भोट हाल्न जान र मतपत्रको सुरक्षा गर्न पनि गाह्रो हुने उनले बताए ।

तर, सरकारमा बस्नेहरुलाई जनताको कुनै परवाह नभएको भन्दै ओलीले भने, ‘एउटा ज्योतिषले असार ९ गते माओवादीलाई राम्रो छ भनेको रहेछ त्यही भएर चुनाव सारेको हो ।’

विशेष