राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्न, ‘प्रधानमन्त्री ज्यू के तपाईंका छोरा महान समाजसेवी नै हुन्?’

प्रधानमन्त्रीलाई ओलीको प्रश्न, ‘प्रधानमन्त्री ज्यू के तपाईंका छोरा महान समाजसेवी नै हुन्?’

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा प्रकाश दाहाललाई प्रदान गरिएको मानपदवी र पदक वितरणको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री पुत्र दाहाललाई सुप्रबल जनसेवाश्री मानपदवी प्रदान गरिएको भन्दै ओलीले तिखो व्यंग्य हानेका छन् ।

सधैँ हास्यव्यंग्य शैलीमा प्रस्तुत हुने ओलीले यस पदकलाई पनि प्रश्न गर्नसमेत लाजमर्दो भएको भन्दै ‘प्रधानमन्त्री ज्यू के तपाईंका छोरा महान समाजसेवी नै हुन्?’ भन्दै प्रश्न गरेका छन् ।

सत्तारुढ दलहरुले भागवण्डा गरेर मानपदवी र पदक बाँडेको र यसले मानपदवी र पदककै अपमान भएको ओलीले बताए । एमाले काठमाडौंको विजयी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले सरकारको चर्को आलोचना गरे । यसैक्रममा उनले प्रधानमन्त्रीका छोराको समेत नाम लिए । ओलीले भने, ‘जसरी सम्मान वितरण गरियो, सरम गर्नुपर्ने अवस्था छ ।’

प्रधानमन्त्रीपुत्रलाई महान समाजसेवीका रुपमा सुप्रबल जनसेवाश्री प्रदान गरिएको भन्दै ओलीले सत्तारुढ दल र प्रधानमन्त्री प्रचण्डलाई प्रश्नको वर्षा गरे । सरकारलाई उनको पहिलो प्रश्न थियो, कांग्रेस माओवादी बाहेक कोही छैन ?

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘लोकलाजको ख्याल गर्नुस् । सार्वजनिक पदमा बसेपछि त्यसको गरिमा राख्नुस् ।’

प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु भन्दै उनले भने, ‘कतिवटा बिहे र्गयो भने मानसम्मान पाइन्छ ? तपाईको छोरा महान समाजसेवी नै हुन् ? देशका लागि काम गरेका अरु कोही भेटिएन ?’

KP Oli

विशेष