राजनीति

देउवाले डाके सर्वदलिय बैठक, एमाले नजाने

देउवाले डाके सर्वदलिय बैठक, एमाले नजाने


जेठ १६ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।

देउवाले एमाले सहितका संसद्मा रहेका दललाई पत्र पठाएरै छलफलका लागि बोलाएका हुन् । संसद् भवन सिंहदरबारमा बस्ने गरी संसद्मा रहेका सबै दलको बैठक आह्वान गरिएको कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।

तर, एमालेले छलफलमै नआउने बताएपछि अब सहमतीय सरकार गठनको सम्भावना कमजोर बनेर गएको छ ।

विशेष